अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौं आइपुगे

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौं आइपुगे

शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौं आइपुगे

    काठमाडौं ।  भदौ १९ गते संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।

    उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए । यसअघि अमेरिकाबाट विभिन्न चरणमा २१५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij