सूचीकरणका लागि सम्पर्कमा आयो मेटा, दर्ता प्रक्रिया अघि बढाउन माग्यो विवरण

सूचीकरणका लागि सम्पर्कमा आयो मेटा, दर्ता प्रक्रिया अघि बढाउन माग्यो विवरण

बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • सूचीकरणका लागि सम्पर्कमा आयो मेटा, दर्ता प्रक्रिया अघि बढाउन माग्यो विवरण

    काठमाडौं । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ ।

    मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेको हुन् ।

    उनले लगत्तै दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको बताए ।


    ठाकुरले भने, ‘मेटाको सिंगापुरमा कार्यरत एक जना अन्सारी थरको कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि के-के डकुमेन्ट चाहिन्छ भनेर जानकारी माग्नुभएको रहेछ । मन्त्रीज्यूको पीएले हामीलाई दर्ता तथा सूचीकरणका लागि चाइने विवरण पठाइदिन भन्नुभएपछि हामीले तत्काल इमेल गरेर ५ मिनेटमा आवश्यक पर्ने विवरणबारे इमले पठाइसकेका छौ ।’

    मन्त्रालयले अघि साँझ ५ बजेति इमेल गरेको प्रवक्ता ठाकुरको भनाई छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij