५ वटा बाहेक सबै सामाजिक सञ्जाल बन्द हुने , कुन-कुन चल्छ कुन चल्दैन ?

५ वटा बाहेक सबै सामाजिक सञ्जाल बन्द हुने , कुन-कुन चल्छ कुन चल्दैन ?

बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • ५ वटा बाहेक सबै सामाजिक सञ्जाल बन्द हुने , कुन-कुन चल्छ कुन चल्दैन ?

    काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ ।  यो निर्णयसँगै अब  नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जालहरु नचल्ने भएका छन् । 

    सो निर्णयसँगै भाइबर, टिकटक, विटक, निम्बज, पोपोलाइन नेपालमा यसअघि ने सूचीकरण भइसकेकाले ती सामाजिक सञ्जालहरू सञ्चालनमा आउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । टेलिग्राम र ग्लोबल डायरीले भने निवेदन दिएको पनि मन्त्रालयले जनाएको छ । 

    त्यसैगरी, फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर ९एक्स०, लिंक्ड इन, स्न्याप च्याट,रेडिट
    डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टो डन, रम्बल, मि वी, मि भिके लाइन, इमो, जालो, सोल,हाम्रो पात्रो नचल्ने भएका छन् । 

    भदौ ९ गते बसेको बसेको मन्त्रिपरिषद् बैठकले सात दिनको समय दिएर सामाजिक सञ्जाललाई सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यसपछि मन्त्रालयले १२ भदौमा सूचना जारी गर्दै सूचीकरण नभएका सामाजिक सञ्जाललाई थप सात दिनको म्याद दिएको थियो ।

    तोकेको अवधिमा सूचीकरण नभएका वा सम्पर्कमा नआएका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ । साथै, सूचीकरण प्रक्रिया पूरा गर्ने सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गरिने मन्त्रालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij