२ लाख राशिको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार सुमित्रा चौलागाईंलाई

२ लाख राशिको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार सुमित्रा चौलागाईंलाई

बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • २ लाख राशिको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार सुमित्रा चौलागाईंलाई

    भक्तपुर– समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याएको मानव कल्याण समाज (सेवा घर) र संस्थाकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईं (सुमी मानव) लाई यसवर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार–२०८२ प्रदान गरिने भएको छ।

    रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले शनिबार बसेको बैठकले २०८२ सालको पुरस्कार चौलागाईंलाई दिने निर्णय गरेको हो। पुरस्कार अन्तर्गत नगद २ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ।

    पुरस्कार घोषणा कार्यक्रममा कोषका अध्यक्ष ध्रुव नेपालले मानव कल्याण समाजले लामो समयदेखि अभावग्रस्त परिवार, महिला तथा विपन्न समुदायका लागि निर्वाह गरेको कार्यको कदर गर्दै यो सम्मान प्रदान गर्न लागेको बताए।

    पुरस्कार वितरण तथा सम्मान अर्पण कार्यक्रम आगामी शनिबार, २१ भाद्र २०८२ (६ सेप्टेम्बर २०२५) मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij