एकै दिनमा तीन पटक भुकम्प

एकै दिनमा तीन पटक भुकम्प

बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • एकै दिनमा तीन पटक भुकम्प

    काठमाडौं ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार एकै दिनमा तीन पटक भुकम्प गएको छ ।   सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका  जिल्लाहरुमासमेत अनुभव गरिएको थियो ।

    त्यस्तै, मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई  केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij