६ जना जिल्ला अदालतमा न्यायाधीशका लागि सिफारिस, को-को परे ?

६ जना जिल्ला अदालतमा न्यायाधीशका लागि सिफारिस, को-को परे ?

मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • ६ जना जिल्ला अदालतमा न्यायाधीशका लागि सिफारिस, को-को परे ?

    काठमाडौं । न्याय परिषदले जिल्ला अदालतमा ६ जना न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले सो निर्णय गरेको हो । 

    परिषदका अनुसार बुधबार सिफारिस भएका मध्ये न्यायसमूहबाट ४ जान, कानुन समूहबाट एक र सरकारी वकिलबाट एक जना सिफारिस गरिएको छ।

    जिल्ला सरकारी वकिल कार्यालयबाट गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालत,उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेलधुरा जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरिएको छ । 

    त्यस्तै श्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट जिल्ला अदालत, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर जिल्ला अदालत, सर्वोच्चका उपरजिष्ट्रार अनुपमा पन्तलाई धनुषा जिल्ला अदालत र कानुन मन्त्रालयका उपसचिव विश्वदिप वेस्रालाई रौतहट जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरिएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij