आशिका तामाङलाई जेल सजाय

आशिका तामाङलाई जेल सजाय

बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • आशिका तामाङलाई जेल सजाय

    काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङलाई पाँच दिन कैद सजाय सुनाएको छ । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गर्दै तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको हो ।

    सूर्यविनायक नगरपालिकाले साँगामा निर्माण गरेको झोलुङ्गे पुलमा रकम उठाउने कार्यमा अवरोध पुर्‍याएको र पालिकाले टाँसेको सूचना च्यातेको आरोप उनीहरूविरुद्ध लागेको थियो ।

    सोही आधारमा नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुरमा जाहेरी दिएको थियो । उक्त मुद्दामा अदालतले दुवैलाई पाँच-पाँच दिन कैदसहित ५ सय रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ ।

    साथै, दामासाहीमार्फत ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २०० रुपैयाँ बुझाउन पनि आदेश गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij