जगातीमा रंगशाला निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो

जगातीमा रंगशाला निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो

बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • जगातीमा रंगशाला निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो

    भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रक्रिया अगाडि बढाएको छ । भदौ ३ गतेको नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको  हो ।

    राष्ट्रिय खेलकुद परिषद्ले गत असार ५ गते जग्गा प्राप्तिका लागि नगरपालिकालाई पत्राचार गरेको थियो । निर्णय कार्यान्वयन भएपछि रंगशाला निर्माणका लागि दुई सय रोपनीभन्दा बढी जग्गा प्राप्त हुनेछ । जग्गा प्राप्ति सम्बन्धी पत्र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरेका थिए ।


    प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिबद्धता र राखेप सदस्यसचिव टंकलाल घिसिङको सक्रिएतामा जग्गा प्राप्तिको विषय अगाडि बढेको हो ।


    नयाँ बन्ने रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आधुनिक फुटबल स्टेडियमको रूपमा विकास गर्ने योजना रहेको एन्फाले जनाएको छ । नेपालमा काठमाडौंको दशरथ रंगशाला मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला छ । दशरथ रंगशालालाई पटकपटक एएफसीले खेल गराउन अयोग्य ठहर गरेपछि पछिल्लो समय अन्तर्राष्ट्रिय खेलहरू पनि हुन सकेका छैनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij