आफैलाई जलाएका रुबी साहको हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

आफैलाई जलाएका रुबी साहको हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • आफैलाई जलाएका रुबी साहको हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

    काठमाडाैं । रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।

    जलेको अवस्थामा प्रहरीले पक्राउ गरेका उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

    पासवानले आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका थिए। उनलाई माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा आगो लगाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

    आत्मदाह गर्नु अघि बनाएको भिडियोमा पासवानले रुबीको हत्या गरेको स्वीकार गरेका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij