दुई महिनादेखि हराएका व्यक्तिको कंकाल फेला

दुई महिनादेखि हराएका व्यक्तिको कंकाल फेला

मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • दुई महिनादेखि हराएका व्यक्तिको कंकाल फेला

    काठमाडौं । गुल्मीमा दुई महिनादेखि हराएका व्यक्तिको कंकाल फेला परेको छ । गुल्मीदरबार गाउँपालिका–६ का  रतन शाहीको कंकाल फेला परको प्रहरीले जनाएको छ । 

    घरमा एक्लै बस्दै आएका ५५ वर्षीय सारु दुई महिना अघि नै हराएका थिए । सोमबार राति एउटा कुकुरले मान्छेको टाउको जस्तो देखिने वस्तु ल्याएर आएको थियो । त्यो देखेपछि वडासदस्य सुन्दर कुँवरले प्रहरीलाई खबर गरेका थिए ।

    खबर पाएपछि मंगलबार बिहान स्थानीयसहित प्रहरी टोली खोज्न गएको थियो । खोजीका क्रममा प्रहरीले बिहान कालिका सामुदायिक जंगलमा शरीरका अन्य भागका अवशेष भेटाएको थियो । अवशेषसँगै भेटिएका कपडाका आधारमा उनी रतन शाही भएको ठहर प्रहरी र उनका आफन्तले गरेका हुन् ।

    रतनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij