अर्थ मन्त्रालयले माग्यो आगामी बजेटको लागि सुझाव, वैशाखभित्र उपलब्ध गराउन आग्रह

अर्थ मन्त्रालयले माग्यो आगामी बजेटको लागि सुझाव, वैशाखभित्र उपलब्ध गराउन आग्रह

मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • अर्थ मन्त्रालयले माग्यो आगामी बजेटको लागि सुझाव, वैशाखभित्र उपलब्ध गराउन आग्रह

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि सुझाव मागेको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा सम्बन्धित निकाय र क्षेत्रबाट सुझाव दिन अर्थ मन्त्रालयले आग्रह गरेको हो ।

    सरकारको अगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम बनाउने काम प्रारम्भ भएको छ । अर्थले आगामी बजेट निर्माणका लागि दिने यस्तो सुझाव २०८२ को वैशाख मसान्तभित्र उपलब्ध समेत आग्रह गरेको छ । 

    अर्थले संघ, संस्था, वुद्धिजीवि, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकमार्फत यस्तो सुझाव माग गरेको छ ।

    सुझावहरु अर्थ मन्त्रालयको वेवसाइट mof.gov.np मा रहेको बजेट सुझाव मार्फत तथा इमेल budgetsuggestion@mof.gov.np बाट समेत पठाउन सकिने जानकारी पनि अर्थ मन्त्रालयले दिएको छ ।

     

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij