धरानको जंगलमा महिलाको शव फेला, हत्याको आशंका

धरानको जंगलमा महिलाको शव फेला, हत्याको आशंका

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • धरानको जंगलमा महिलाको शव फेला, हत्याको आशंका

    काठमाडौं । सुनसरीको धरानको जंगल क्षेत्रमा महिलाको शव फेला परेको छ । सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा महिलाको शव फेला परेको हो ।

    गोठालो गएकाहरूले जंगलभित्रको लसुनेको रुख मुनी अडेसा लागेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्या गरी शव जंगलमा छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ । ३०– ३५ वर्षको जस्तो देखिने महिलाको घाँटीमा चोट छ ।

     घटनास्थलबाट शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको जनाइएको छ ।

    शव भेटिएपछि घटनास्थलमा प्रहरीको फरेन्सिक विज्ञसहितको प्राविधिक टोलीले कुकुर पनि प्रयोग गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij