वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए

वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए

    काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभागका महानिर्देशक सूर्य खत्रीलाई मन्त्रालय तानेर सहसचिव जीवलाल भुसाललाई नयाँ महानिर्देशकको जिम्मेवारी दिएको छ।

    गत बिहीबार मन्त्रालयले खत्रीलाई मन्त्रालय तानेर उनको ठाउँमा भुसाललाई पठाएको हो ।  वैशाख पहिलो साता अवकाश पाउन लागेका खत्री मन्त्रालय तानिएका हुन् । गत भदौमा गृह मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा भएर आएका खत्रीलाई विभागको महानिर्देशक बनाएर पठाएको थियो ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij