बैंककबाट आएका भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ

बैंककबाट आएका भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • बैंककबाट आएका भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ

    काठमाडौं । बैंककबाट काठमाडौं आएका भारतीय नागरिक ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेका छन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजमा गाँजा फेला पारेपछि पक्राउ गरिएको हो ।

    पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ । उनी आइतबार थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । उनीबाट ८ किलो ८५५ ग्राम लागु औषध बरामद भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij