भारत र पाकिस्तानसहित १४ देशमाथि साउदीले लगायो भिसा प्रतिबन्ध

भारत र पाकिस्तानसहित १४ देशमाथि साउदीले लगायो भिसा प्रतिबन्ध

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • भारत र पाकिस्तानसहित १४ देशमाथि साउदीले लगायो भिसा प्रतिबन्ध

    काठमाडौं । साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ ।  हज यात्रा अघि र यात्राको क्रममा भीडभाड कम गर्न उमराह, व्यापार र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाइएको हो ।

    भिसा प्रतिबन्ध आगामी जुनको मध्यसम्म जारी रहनेछ । त्यतिबेला हज यात्रा समाप्त भइसक्छ ।

    सन् २०२४ मा हजमा १२ सयभन्दा धेरैले ज्यान गुमाएका थिए । उनीहरूमध्ये धेरै अनधिकृत तीर्थयात्री थिए ।

    कुन–कुन देशमा लाग्यो प्रतिबन्ध ?
    १. भारत
    २. पाकिस्तान
    ३. बंगलादेश
    ४. इथियोपिया
    ५. अल्जेरिया
    ६. इन्डोनेसिया
    ७. इराक
    ८. जोर्डन
    ९. नाइजेरिया
    १०. इजिप्ट 
    ११. सुडान
    १२. ट्युनिसिया
    १३. यमन
    १४. मोरोक्को 

    साउदी अधिकारीहरूले उमरा भिसा प्रदान गर्ने अन्तिम मिति अप्रिल १३, २०२५ तोकेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij