तीन नाल बन्दुकसहित दुई जना पक्राउ

तीन नाल बन्दुकसहित दुई जना पक्राउ

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • तीन नाल बन्दुकसहित दुई जना पक्राउ

    काठमाडौं । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको हो ।

    आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की पक्राउ परेका हुन् । प्रहरीका अनुसार केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार छन् ।

    पक्राउ परेकाहरुको साथबाट ३ नाल भरुवा बन्दुक बरामद भएको जनाइएको छ । उनीहरुलाई हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij