राप्रपालाई सभा गर्न प्रशासनले भृकुटीमण्डपमा दिएन, अब बल्खुमा हुने

राप्रपालाई सभा गर्न प्रशासनले भृकुटीमण्डपमा दिएन, अब बल्खुमा हुने

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • राप्रपालाई सभा गर्न प्रशासनले भृकुटीमण्डपमा दिएन, अब बल्खुमा हुने

    काठमाडौं । राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई भनेको थियो । सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो ।

    सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । यसअघि चैत २२ गते अपराह्न राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत् जानकारी गराएको थियो ।

    तर जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो ।

    राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेको छ । 

    सो निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयले पत्रमार्फत् राप्रपालाई दिएको थियो । त्यसपछि राप्रपाले सभास्थल बल्खु रोजेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij