स्वास्थ्य बीमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड

स्वास्थ्य बीमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • स्वास्थ्य बीमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई फागुन मसान्तसम्म १६ अर्ब ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । तर, फागुन मसान्तमा बोर्डको खातामा जम्मा १ अर्ब रकम छ ।

    स्वास्थ्य बीमा हाल ४ सय ८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४ सय ४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी स्वास्थ्य संस्था छन् ।

    बोर्डले ४५ बुँदे श्वेत पत्रमार्फत् आफ्नो वित्तीय अवस्था, बीमा कार्यक्रमको अवस्था, चुनौती र भविष्यको रणनीतिबारे जानकारी गराएका छ। बोर्डका अनुसार अहिलेकै अवस्थामा स्वास्थ्य संस्थालाई बीमा वापतको १६ अर्ब ४५ करोड रूपैयाँ सोधभर्ना गर्न बाँकी छ। बोर्डका अनुसार १६ अर्ब रूपैयाँ भन्दा बढी दायीत्व भएपनि बोर्डसँग गत फागुन मसान्तसम्ममा कोषमा जम्मा १ अर्ब रूपैयाँ बाँकी रहेको थियो।

    आम्दानी र खर्चबीचको अन्तर निरन्तर फराकिलो हुँदै गएको बोर्डले जनाएको छ। चालु आर्थिक वर्ष २०८१।८२ मा बोर्डले जम्मा २६ अर्ब ५९ करोड बजेट स्वीकृत गरेपपनि बजेटको एक तिहाईमात्र रकम प्राप्त हुने देखिएको बोर्डले सार्वजनिक गरेको श्वेत पत्रमा उल्लेख छ।

    बोर्डका अनुसार सेवा प्रदायकलाई सोधभर्ना गर्नुपर्ने रकम मासिक झण्डै दुई अर्ब रूपैयाँका दरले थपिने गरेको छ।

    प्रत्येक वर्ष कोषले घर भाडावापत मात्र २ करोड ३४ लाख रूपैयाँ व्यहोर्नु परिरहेको छ। कर्मचारीको तलब भत्ता तथा दर्ता सहयोगी प्रोत्साहन वापतको दायीत्व पनि निरन्तर बढ्दै गएको बोर्डले जनाएको छ । 

    बोर्डको आर्थिक वर्ष २०८०।०८१ को अन्तिम लेखा परीक्षणको अवधिसम्म बोर्डको बेरुजु २ अर्ब ८५ करोड २४ लाख रूपैयाँ रहेको छ। बोर्डको वार्षिक आन्तरिक आम्दानीको ७५ प्रतिशत बेरुजु देखिनु चुनौतीपूर्ण भएको श्वेतपत्रमा उल्लेख छ।

    हाल बोर्डमा २६ जना दरबन्दीमा र २२ जनाले करारमा काम गरिहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij