फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार पनि सुनको मुल्य ९ सय रुपैयाँले घटेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij