नेपाल बारको मतगणना आज दिउँसो १२ बजे शुरु गरिंदै

नेपाल बारको मतगणना आज दिउँसो १२ बजे शुरु गरिंदै

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • नेपाल बारको मतगणना आज दिउँसो १२ बजे शुरु गरिंदै

    काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना आज शुरु हुँने भएको छ । कानुन व्यवसायीहरुको छाता संगठन बारको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भए पनि मतपेटिका काठमाडौं ल्याउन ढिलाइ भएकाले सोमबारबाट मतगणना सुरु गर्न लागिएको हो ।

    ‘सबै ३५ वटा मतदान केन्द्रका मतपेटिका संकलन भइसकेकाले आज दिउँसो १२ बजेपछि मतगणना सुरु गर्ने गरी तयारी अघि बढाइएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, नेपाल बार एसोसिएसनको भवनमा एकै पटक सात ठाउँमा मतगणना गर्ने तयारी छ ।

    अध्यक्ष पदमा सत्ता साझेदार कांग्रेस–एमालेको गठबन्धनबाट डा. विजय मिश्र र महासचिवमा केदार प्रसाद कोइराला उम्मेदवार छन् । यसैगरी बिपक्षी प्यानलबाट माओवादी केन्द्र निकट रमण श्रेष्ठ र महासचिवमा यज्ञमणि न्यौपाने उम्मेदवार छन् । शनिबारको निर्वाचनमा देशभरका ९ हजार ९९७ मतदाताहरुमध्ये ७ हजार ९९५ मत खसेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij