गुजरातकाे लगातार तेस्रो जित, हैदराबादकाे लगातार चौथो हार

गुजरातकाे लगातार तेस्रो जित, हैदराबादकाे लगातार चौथो हार

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • गुजरातकाे लगातार तेस्रो जित, हैदराबादकाे लगातार चौथो हार

    काठमाडौं । गुजरात टाइटन्सले आईपीएल क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । आइतबार राती सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै गुजरातले लगातार तेस्रो जित हात पारेको हाे ।

    हैदराबादलाई लगातार चौथो हार चखाउने क्रममा गुजरातले १५३ रनको लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । गुजरातका कप्तान शुभमन गिलले अविजित ६१ रन,  वासिङटन सुन्दरले ४९ तथा शेरफन रदरफोर्डले अविजित ३५ रन बनाए । 

    हैदराबादका लागि मोहम्मद शामीले २ तथा कप्तान प्याट कमिन्सले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो । 

    हैदराबादका नितिश रेड्डीले सर्वाधिक ३१ तथा हेनरिच क्लासेनले २७ रन बनाए । कप्तान कमिन्स २२ रनमा अविजित रहे । 

    गुजरातका मोहम्मद सिराजले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिए । प्रसिद्ध कृष्णा र साइ किशोरले २-२ विकेट लिए । 

    जितसँगै ४ खेलमा ६ अंक जोडेको गुजरात अंकतालिकाकाे दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा २ अंक मात्र जोडेको हैदराबाद १०औं स्थानमा यथावत् छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij