वरिष्ठ पत्रकार भैरव रिसालको निधन, अन्त्यष्ठी नहुने

वरिष्ठ पत्रकार भैरव रिसालको निधन, अन्त्यष्ठी नहुने

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • वरिष्ठ पत्रकार भैरव रिसालको निधन, अन्त्यष्ठी नहुने

    काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार दिउँसो बिरामी परेपछि बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएका रिसालको राति पौने ८ बजे निधन भएको उनका माइला भाइ पुरू रिसालले बताए । 

    ९७ वर्षीय पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका रिसाल राससबाट प्रमुख संवाददाताका रूपमा अवकाश पाएपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा सक्रिय रहेका थिए । 

    जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय रहेका पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिर मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए  रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान लागिएको जनाइएको छ । 

    भक्तपुरको दधिकनेटमा जन्मिएका रिसाल पछिल्लो समय काठमाडौंकाे अनामनगरमा बस्दै आएका थिए । शरीर दान गरेकाले उनकाे अन्त्यष्टी कार्यक्रम नहुने पुरू रिजालले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij