राम मन्दिरमा तीन लाख भक्तजनले गरे पूजाअर्चना

राम मन्दिरमा तीन लाख भक्तजनले गरे पूजाअर्चना

आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • राम मन्दिरमा तीन लाख भक्तजनले गरे पूजाअर्चना

    काठमाडौँ । रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाभन्दा बढी भक्तजनले पूजाअर्चजना गरेका छन् । 

    श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आइतबार बिहान ४ः०० बजेदेखि अपराह्न ३ः३० बजेसम्म तीन लाख भक्तले पूजाअर्चना गरेका हुन् । 

    मन्दिरमा बिहानैदेखि भक्ति सङ्गीत कार्यक्रम जारी छ । कार्यक्रममा रमेश पोखरेल, नारायण कोइराला, मनमोहन थपलिया, सङ्गीता प्रधान, रोशा फुयाँललगायत कलाकारले कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । मन्दिर आज (आइतबार) राति ९ः०० बजेसम्म दर्शनको व्यवस्था मिलाइएको समितिले जनाएको छ । 

    काठमाडौँ महानगरपालिका वडा नम्बर ९ स्थित बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर वि.सं. १९२८ मा कम्याण्डिङ कर्णेल सनकसिंह टण्डन लाहुरी क्षत्रीले स्थापना गरेको त्यहाँ रहेको शिलालेखमा उल्लेख छ । मन्दिर सञ्चालनका लागि उनले काठमाडौँका विभिन्न स्थानमा ३७३ रोपनी जग्गा गुठी राखेका थिए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij