जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

    काठमाडौं । नागार्जुन नगरपालिका–१ रानी वनबाट जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

    रानिवनस्थित देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    उनीहरुमार्थि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij