शिक्षकले गरे माइतीघरमा सिटी जुलुस प्रदर्शन

शिक्षकले गरे माइतीघरमा सिटी जुलुस प्रदर्शन

आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • शिक्षकले गरे माइतीघरमा सिटी जुलुस प्रदर्शन

    काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् । केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माइतीघरमा सिटी जुलुस निकालेका हुन् । 

    उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर जुलुस निकालेका हुन् ।  

    आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको छ । शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । 

    शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्य समेत प्रभावित भएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij