एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने

एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने

आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो ।

    यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने तर शिक्षकको आन्दोलनले शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि  नतिजा प्रकाशन समेत ढिला हुने भएको छ ।

    शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तरपुस्तिका परीक्षण, गोष्ठी, तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।

    शिक्षक महासंघले २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन महासंघले भनेको छ ।

    यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले जनाएको छ । 

    २०८१ साल चैत्र ०७ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा मा देशभरबाट नियमित तर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७ सय १५ गरी जम्मा ४ ल‍ाख ९९ हजार १ सय ८३ विद्यार्थीहरू समावेश भएका छन्।

    शिक्षकहरू २० चैतदेखि काठमाडौमा सडक आन्दोलनमा आएका छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij