घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेर १ लाख ७४ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    यस्तै, आज चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 
     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij