अर्घाखाँचीमा जीप दुर्घटना, दुईजनाको मृत्यु, दुुई गम्भीर घाईते

अर्घाखाँचीमा जीप दुर्घटना, दुईजनाको मृत्यु, दुुई गम्भीर घाईते

आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • अर्घाखाँचीमा जीप दुर्घटना, दुईजनाको मृत्यु, दुुई गम्भीर घाईते

    काठमाडौं । अर्घाखाँचीमा आज बिहान भएको जीप दुर्घटनामा परेर दुुई जनाको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह सडकखण्डमा भएको दुर्घटनामा थप दुई जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुुसार, लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो । मृत्यु हुनेमा चालक दिलीप खनाल र यात्रुु बालकृष्ण रिजाल रहेका छन् । 

     दुर्घटनामा गम्भीर घाइते भएका चालक खनाल र रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते भुवन पोख्रेल र वसन्त पोख्रेललाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    दुर्घटनाको खबर प्राप्त भएपछि बिहानै इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा सातजना प्रहरी टोली घटनास्थलमा पुुगेको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij