भृकुटीमण्डपको भाडा नतिर्ने ५१ संस्था र व्यक्तिको नाम सार्वजनिक, कसले कति तिर्न बाँकी ?

भृकुटीमण्डपको भाडा नतिर्ने ५१ संस्था र व्यक्तिको नाम सार्वजनिक, कसले कति तिर्न बाँकी ?

शनिवार, चैत्र २३ २०८१
शनिवार, चैत्र २३ २०८१
  • भृकुटीमण्डपको भाडा नतिर्ने ५१ संस्था र व्यक्तिको नाम सार्वजनिक, कसले कति तिर्न बाँकी ?

    काठमाडौं । समाज कल्याण परिषद्को स्वामित्वमा रहेको काठमाडौंको भृकुटीमण्डपस्थित भवन तथा जग्गा प्रयोग गर्दा भाडा नतिर्ने ५१ संस्था र व्यक्तिको नाम सार्वजनिक गरिएको छ । परिषद्को भृकुटीमण्डप व्यवस्थापन विभागले चैत २१ गते राष्ट्रिय दैनिकमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दै नामसहितको सूची सार्वजनिक गरेको हो ।

    सूचीमा नेपाल पर्यटन बोर्डदेखि चर्चित सञ्चारकर्मी ऋषि धमलाको संस्था रिपोर्टर्स क्लब नेपालसम्म छन् । नेपाल पर्यटन बोर्डको मात्रै १ करोड ६७ लाख ३४ हजार ९७ रुपैयाँ ५७ पैसा बराबरको भाडा बक्यौता देखिएको छ । त्यसैगरी रिपोर्टर्स क्लब नेपालले ४६ लाख ५८ हजार ६४९ रुपैयाँ तिर्न बाँकी देखिन्छ ।

    परिषद्का अनुसार, पटकपटक पत्राचार र सूचना प्रकाशित गरी भाडा बुझाउन आग्रह गर्दा पनि बेवास्ता गरिएको छ । विभागले तोकिएको समयभित्र भाडा नबुझाए कानुनअनुसार असुलउपर प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

    सूचीकृत प्रमुख संस्थाहरूमा निम्न रहेका छन्:

    नेपाल पर्यटन बोर्ड – रु. १,६७,३४,०९७.५७

    उद्योग वाणिज्य महासंघ – रु. १,३३,००,०००

    रिपोर्टर्स क्लब नेपाल – रु. ४६,५८,६४९

    नेपाल पत्रकार महासंघ, काठमाडौं शाखा – रु. ७,३८,९५०

    काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय – रु. ५९,९६,९१८.७५

    नेपाल हस्तकला महासंघ – रु. १,७८,८०,०००

    नेपाल निजामती कर्मचारी संगठन – रु. २,०९,३३,६७७.५२

    राष्ट्रिय अपाङ्ग महासंघ – रु. २,०५,२३,०००

    श्रमिक राष्ट्रिय कर्मचारी महासंघ – रु. १,९५,९२,६५९.८७

    लोकतान्त्रिक संगीत तथा नाट्य समाज – रु. २,०५,२३,०००

    सूचीकृत अन्य संस्थाहरूमा विभिन्न सहकारी, निजी कम्पनी, संघ–संस्थाहरू छन्, जसले २०६५ सालदेखि नै भाडा नबुझाएको विवरण सूचनामा उल्लेख छ । विभागले उक्त भाडादारहरूसँग सम्बन्धित सम्पूर्ण बक्यौता रकम ३५ दिनभित्र तिर्न आग्रह गर्दै, अन्यथा कानुनी कारवाही सुरु गरिने स्पष्ट पारेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij