एम्बुलेन्समा ड्रग्स सप्लाइ गर्ने चार भारतीय पक्राउ

एम्बुलेन्समा ड्रग्स सप्लाइ गर्ने चार भारतीय पक्राउ

शनिवार, चैत्र २३ २०८१
शनिवार, चैत्र २३ २०८१
  • एम्बुलेन्समा ड्रग्स सप्लाइ गर्ने चार भारतीय पक्राउ

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिका वडा नमबर ३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्समा लागूऔषध बरामद गरेको छ । मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडाैं तर्फ गुडिरहेको बीआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

    रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागूऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको उनले जानकारी गराए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij