मानव कल्याण समाजको भवन निर्माण गर्न प्रदेश सरकारले वजेट छुट्याउँछ : स्वास्थ्यमन्त्री थापा

मानव कल्याण समाजको भवन निर्माण गर्न प्रदेश सरकारले वजेट छुट्याउँछ : स्वास्थ्यमन्त्री थापा

शनिवार, चैत्र २३ २०८१
शनिवार, चैत्र २३ २०८१
  • मानव कल्याण समाजको भवन निर्माण गर्न प्रदेश सरकारले वजेट छुट्याउँछ : स्वास्थ्यमन्त्री थापा

    भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले मानव कल्याण समाज भक्तपुरको भवन निर्माण गर्न प्रदेश सरकारले वजेट छुट्याउने बताएका छन् । सडक मानवको सहयोगार्थ भक्तपुरको राधेराधेमा आयोजना भैरहेको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ के तेस्रो दिन मन्तव्य राख्दै मन्त्री थापाले समाजकोलागि भवन निर्माणका लागि सरकारले सक्दो सहयोग गर्ने बताएका हुन् । 

    उनले जग्गा प्राप्तिको लागि पहल गर्न समेत आग्रह गरे । जग्गा प्राप्ति भयो भने बागमती सरकारले आवश्यक बजेट ब्यवस्थापन गर्ने गरेर भवन निर्माण गर्न सकिन्छ, प्रदेश सरकारबाट आगामी बजेटमा भवन निर्माणका लागि आवश्यक रकम बिनियोजन गराउने गरेर म लागेको छु,' मन्त्री थापाले भने ।

    आश्रमले अनाथ ब्यक्तिहरुका लागि आफ्नै पहलमा खाना, नाना र छानाको ब्यवस्था गरिरहेको भन्दै थापाले प्रशंसासमेत गरे ।

    Kiran Thapa.jpg

    'जेष्ठ नागरिकालाई आफ्नै घर बराबरको स्नेह, औषधि उपचारको ब्यवस्था, बेवारिसे बालबालिकालाई हेरचाह गर्ने काम मानव कल्याण समाजले गरिरहेको छ । अलपत्र परेका ब्यक्ति, झाडिमा छाडिएका बच्चाहरुलाई मानव सेवा आश्रममार्फत शिक्षादीक्षा गर्ने काम समाजले गरिरहेको छ ।' मन्त्री थापाले भने, 'कोही दाता आइदिएर दान दिएर उपचार गरिदेला भनेर अब कुर्नु पर्दैन, बागमती प्रदेश सरकार त्यसको ब्यवस्थापन गर्नका लागि लागेको छ ।'

    आफुले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि समाजमा आश्रय लिएकाहरुको औषधि उपचार खर्च ब्यवस्थापन गरेकोसमेत उनले बताए ।

    थापाले आगामी आर्थिक वर्षको बजेटमा आश्रमम आस्रित ब्यक्तिहरुको बागमती सरकारले निशुल्क उपचार गर्ने गरि बजेटको ब्यवस्थापन गर्ने गरेर नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको पनि बताए ।

    महायज्ञमा मन्त्री थापाले समाजका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणासमेत गरे । २७ गतेसम्म चल्ने महायज्ञमा संस्थाका संस्थापक अध्यक्ष देवी सुमी मानवबाट कथा वाचन भैरहेको छ ।

    3.jpg

    महायज्ञमार्फत सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्ने लक्ष्य राखिएको तथा प्रभावकारी सेवाका लागि जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएकोे प्रचारप्रसार उपसमितिका संयोजक पेशल आचार्यले जानकारी दिए ।

    २०७४ सालमा स्थापना भएको संस्थाले बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, काउन्सिलिङ तथा सुधारका लागि विभिन्न प्रयासहरूलाई निरन्तरता दिदै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij