काठमाडौं । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्ड आजदेखि एक महिनासम्मका लागि बन्द भएको छ ।
यस सडक खण्डको ठूलढुङ्गा भीर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने, ग्रेड मिलाउने कार्यका लागि आजदेखि वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द रहने मदन भण्डारी राजमार्ग, योजना कार्यालय गुल्मीले जनाएको छ ।
यस समय अवधिमा वैकल्पिक सडकहरू प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ । यस सडकको विकल्पमा पानी ट्याङकी थोर्गा, स्याल बिसौनादेखि रातामाटा सडक हुँदै रिडी, पिपलनेटा दिगाम हुँदै रिडी, लुम्छा, धरमपानी, दिगाम हुँदै रिडी र घुम्ती, चारपाला, खरज्याङ हुँदै रिडी सडक खण्ड प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ ।