रास्वपा सभापति रवि लामिछाने निवासबाटै पक्राउ

रास्वपा सभापति रवि लामिछाने निवासबाटै पक्राउ

शनिवार, चैत्र २३ २०८१
शनिवार, चैत्र २३ २०८१
  • रास्वपा सभापति रवि लामिछाने निवासबाटै पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाडौंको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । 

    संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । लगत्तै उनको निवास हात्तिगौडामा प्रहरीको टोली पुगेको थियो । उनलाई शनिबार बिहान हवाई मार्गबाट भैरहवा लगिने जनाइएको छ । 

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार लामिछानेलाई प्रक्रियागत रूपमा अदालत बुझाइने छ । रुपन्देहीको मुद्दा भएकाले त्यहाँको अदालतमा उपस्थित गराउनेगरी भैरहवा लैजाने तयारी भएको आचार्यले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij