पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए गभर्नर अधिकारी

पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए गभर्नर अधिकारी

शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए गभर्नर अधिकारी

    काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् । २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी आजबाट औपचारिक रूपमा बिदा भएका हुन् । 

    कार्यकक्षबाट बिदा भएसँगै अधिकारी राष्ट्र बैंककै प्राङ्गणमा पत्रकार सम्मेलन गरेका छन् । उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको समेत बताए । 

    उनले नेपाल राष्ट्र बैंक सञ्चालनमा विश्वव्यापी मान्यता तथा मर्मअनुसार स्वायत्तता कायम गर्नुपर्ने भन्दै पछिल्लो समय सरकार तथा केही निकायबाट बैंकको नीतिगत स्वतन्त्रतामाथि असर पर्ने गरी हस्तक्षेप गरिएको दाबी गरे।

    गभर्नर अधिकारीले केन्द्रीय बैंकको स्वायत्तता जोगाउन सर्वोच्च अदालत, न्यायाधीशहरू, वरिष्ठ विद्वान न्यायाधिवक्ताहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै धन्यवादसमेत व्यक्त गरे।

    आफ्नो कार्यकालभरमा सहयोग गर्ने राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर, वर्तमान डेपुटी गभर्नर, अवकाशप्राप्त गरेका कार्यकारी निर्देशक तथा कर्मचारी, वर्तमान कार्यकारी निर्देशक तथा कर्मचारी र सञ्चार जगतलाई धन्यवाद दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij