बिम्स्टेक छैटौँ शिखर सम्मेलन सुरु, विभिन्न देशका नेताहरुले सम्बोधन गर्दै

बिम्स्टेक छैटौँ शिखर सम्मेलन सुरु, विभिन्न देशका नेताहरुले सम्बोधन गर्दै

शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • बिम्स्टेक छैटौँ शिखर सम्मेलन सुरु, विभिन्न देशका नेताहरुले सम्बोधन गर्दै

    काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन सुरु भएको छ ।

    बैङ्ककस्थित होटल साङ्ग्रिला सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो ।

    सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी थिइन् ।

    सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

    शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुले सम्बोधन गर्नेछन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij