हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिक पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिक पक्राउ

शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा तीब्बत स्थायी वतन तथा सुजा–३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध, बस्ने २६ वर्षीया रिक्शे वाङमो रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

    पक्राउ परेका वाङमोलाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु भइरहेको छ । प्रहरीले उनको साथबाट एक हजार दरको नोट थान एक हजार एक सय ८३ जम्मा ११ लाख ८३ हजार पाँच सय दरको नोट थान एक, आठ सय १८ जम्मा नौ लाख नौ हजार रुपैयाँ तथा आइफोन कम्पनीको मोवाइल एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij