कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिटमाथिको सुनुवाइ सकियो

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिटमाथिको सुनुवाइ सकियो

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिटमाथिको सुनुवाइ सकियो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटको सुनुवाइ सकिएको छ।

    न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा तीन दिनदेखि निरन्तर सुनुवाइ भइरहेकोमा आज सकिएको हो। 

    मंगबार इजलासमा कुलमानका तर्फबाट कानुन व्यवसायीहरूले र बुधबार हितेन्द्रदेवका कानुन व्यवसायीले बहस गरेका थिए । यस्तै बुधबार सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए ।

    बिहीबार तेस्रो दिनको बहसमा हितेन्द्रदेव र सरकारी वकिलले बहस गरेपछि कुलमानका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए । 

    बहस सकिएसँगै यतिबेला आदेश लेखनको काम भइरहेको छ भने आजै आदेश आउने सम्भावना छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij