जिप दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • जिप दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

    काठमाडौं । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।

    दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जनाइएको छ । 

    पिकअपमा चारजना सवार रहेका छन् । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । चैतेदसैँ मेलाका लागि कोटमैदान जाँदै गर्दा पिकअप दुर्घटनामा परेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij