कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

    काठमाडौं ।  बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा बिहीबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेका छन् ।

    अहिले ‘आइएफआर’ प्रविधिबाट उडान/अवतरण भइरहेको छ । जसले गर्दा साविकको तुलनामा जहाजको व्यवस्थापन ढिला हुन्छ ।

    आज बिहान निर्धारित धेरैजसो उडान प्रभावित भएका थिए । अहिले पनि आकासमा केही फन्को मारेपछि मात्र जहाजहरूले अवतरणको मौका पाइरहेको छ । 

    आज बिहानका पाँच वटा माउन्टेन फ्लाइट काठमाडौंबाट उडे पनि भिजिबिलिटी कम हुँदा अवतरण गर्न नसकेपछि अन्य विमानस्थलमा डाइभर्ट भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij