काठमाडौं । राजावादी आन्दोलनबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता डा. राजकुमार राईविरुद्ध थप ६ दिन हिरासतमा रहने भएका छन् ।
चैत १५ गते तीनकुनेमा भएको आन्दोदनमा पक्राउ परेका उनलाई दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।
राईसहित ४१ जनाविरुद्ध बुधबार मात्रै दोस्रो पटक ६ दिनको म्याद थप भएको हो । यसअघि ४१ जनाविरुद्ध ५ दिनको म्याद थप भएको थियो ।
अहिले हिरासतमा रहेका रास्वपाका पूर्वनेता राई खोटाङ जिल्ला सभापतिमा उठेर हारेका व्यक्ति हुन् ।