काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।
विगतमा सरकारले गरेको सहमतिलाई समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।