महानगर प्रहरीको अवरोधबीच हाजिर हुन पुगे काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

महानगर प्रहरीको अवरोधबीच हाजिर हुन पुगे काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • महानगर प्रहरीको अवरोधबीच हाजिर हुन पुगे काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् ।

    गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

    गुरागाईँलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए ।  गुरागाईँलाई कार्यकक्षमा पुगेसँगै त्यहाँ लगाइएको ताला फुटाइएको थियो । 

    गुरागाईँलाई कार्यालय प्रवेश गर्न दिनुपर्छ भन्नेमा उपमेयर सुनिता डंगालेदेखि कांग्रेस तथा एमालेका जनप्रतिनिधि तथा कर्मचारी छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij