ईभी गाडी र मोटरसाइकल ठोक्किंदा १ जनाको मृत्यु, ९ जना घाइते

ईभी गाडी र मोटरसाइकल ठोक्किंदा १ जनाको मृत्यु, ९ जना घाइते

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • ईभी गाडी र मोटरसाइकल ठोक्किंदा १ जनाको मृत्यु, ९ जना घाइते

    काठमाडौं । सिन्धुलीमा ईभी गाडी र मोटरसाइकल एक आपसमा ठोक्किंदा १ जनाको मृत्यु छ भने ९ जना घाइते भएका छन् ।

    आज बिहान करिब साढे ८ बजे दुधौली नगरपालिका-४ स्थित मदनभण्डारी राजमार्गअन्तर्गत सडकमा डकाहाबाट दुधौली जाँदै गरेको प्र २–०१–००१ प ७०११ नम्बरको मोटरसाइकल र उदयपुर गाईघाटबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–०१ ज ४४५ को ईभी गाडी ठोक्किएका थिए ।

    यसरी मृत्यु हुनेमा तीनपाटन गाउँपालिका–१० औलडाँडाका २६ वर्षीय प्रेम रानामगर रहेका छन् । उनी मोटरसाइकल चालक हुन् । उनको नगरअस्पताल सिर्थौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका ९ जना ईभी गाडीमा सवार व्यक्ति हुन् । ईभीका चालक उदयपुर त्रियुगा नगरपालिका–६ का ३८ वर्षीय वीरेन्द्रकुमार बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    घाइतेहरुको नामावली :

    १. जिल्ला उदयपुर त्रियुगा न.पा.११ बस्ने  वर्ष ४३ की  रुक्मा बस्नेत खड्का

    २. जिल्ला उदयपुर लालपत्ता गा.पा.६  बस्ने  वर्ष २९ की रोशनी माया तामाङ.

    ३. जिल्ला उदयपुर त्रियुगा न.पा १० बस्ने वर्ष ७० की सकुन्तला बस्नेत

    ४.ऐ. ऐ. ११  बस्ने  वर्ष १६ को आकृत खड्का

    ५. ऐ.ऐ. ६ बस्ने वर्ष ३५ की तारा बि.क

    ६. ऐ.ऐ. ११ बस्ने वर्ष ३७ को बिन्दा कटुवाल

    ७  ऐ.ऐ. बस्ने वर्ष ७ कि सिजु राउत

    ८. जिल्ला उदयपुर रौतामाई गा.पा.२ बस्ने वर्ष १७ को योन्जन खड्का

    ९. जिल्ला सिन्धुली दुधौली न.पा. ८ बस्ने वर्ष ४८ कि चुडा कुमारी मिश्र रहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij