काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ ।
गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो ।
महानगरका कर्मचारीहरूले भने प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न दिनुपर्ने बताइरहेका छन्। नेपाल सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई सहजै प्रवेश गर्न दिनुपर्ने पनि कर्मचारीहरूको माग छ।
महानगरपालिकाले भने आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै उनीमाथि छानबिन समेत गरेको थियो र जिम्मेवारीबाट हटाएको थियो ।