म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ८६ पुग्यो

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ८६ पुग्यो

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ८६ पुग्यो

    काठमाडौं । म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ८६ पुगेको छ। भूकम्पमा परी ४ हजार ६ सय ३९ जना घाइते भएका छन् भने ३ सय ७३ अझै बेपत्ता रहेका छन् । 

    गत शुक्रबार म्यानमारमा ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो। म्यान्माको दोस्रो ठूलो सहर मण्डले भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो। यहाँ तीन दिनदेखि हजारौं मानिसहरू सडकमा रात बिताउन बाध्य छन्। कतिपय आफ्नो घर भत्किएकाले फर्कन सकेका छैनन् भने कतिपय पुनः कम्पनको डरले बाहिरै बसिरहेका छन्। केहि मानिसहरूसँग टेन्ट भए पनि धेरैजना सडकमा मात्र ओछ्यान बिछ्याएर रात काटिरहेका छन्।

    मण्डलेको मुख्य अस्पताल क्षतिग्रस्त भएपछि बिरामीहरूलाई बाहिरै उपचार गरिँदै छ। अस्पतालको पार्किङस्थलमा बिरामीहरूलाई टेन्टभित्र राखिएको छ। गर्मीका कारण उपचारमा थप समस्या भएको छ। 

    भूकम्पको असर म्यान्मा सीमित नभई छिमेकी देशहरूमा पनि परेको छ। थाइल्यान्डको राजधानी बैङ्ककमा भूकम्पको झट्काले एक ३०–तले भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ। चीनका तीन नागरिक र दुई जना फ्रान्सेली नागरिक पनि मृतकहरूको सूचीमा परेका छन्।

    चार वर्षदेखिको गृहयुद्धका कारण आर्थिक र स्वास्थ्य प्रणाली नै धरासायी भएको म्यान्माले अन्तर्राष्ट्रिय सहायता मागेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आपत्कालीन सहायता घोषणा गर्दै आगामी ३० दिनभित्र आठ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने बताएको छ। रेडक्रसले पनि १०० मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij