आइएफआरसीद्धारा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्वन

आइएफआरसीद्धारा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्वन

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • आइएफआरसीद्धारा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्वन

    काठमाडौं ।  रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपाल सहित पाँच जनालाई निलम्बन गरेको छ।

    अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आईएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो। अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो।

    उनीहरूमाथि रेडक्रसको आधारभूत सिद्धान्तहरूको उल्लंघन गरेको, विधानको परिपालना नगरेको आरोप लगाइएको छ।

    त्यस्तै संस्थामा राजनीतिक हस्तक्षेप निम्त्याएको पनि उनीहरूमाथि आरोप लगाएको छ। आइएफआरसीको विधानको धारा ८ प्रतिकूल हुने गरी कार्य गरेकाले निलम्बन गरिएको संस्थाले बताएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij