स्ववियु निर्वाचन : त्रिचन्द्रको अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी

स्ववियु निर्वाचन : त्रिचन्द्रको अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • स्ववियु निर्वाचन : त्रिचन्द्रको अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी

    काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी भएका छन ।

    सभापतिका लागि अनेरास्ववियुका प्रमित विष्ट र स्वतन्त्र उम्मेदवार सागर न्यौपाने पनि प्रतिस्पर्धामा थिए ।

    कोइराला निर्वाचित भएपनि औपचारिक घोषणा गर्न बाँकी छ । सबै बुथको मत एकीकृत गरिरहेकाले केहिबेरमा नतिजा सार्वजनिक गर्ने जनाइएको छ । 

    यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । त्यसपछि चैत १३ गतेका लागि मिति तय भयो । क्याम्पसको मूल गेटमा नै तालाबन्दी भएपछि त्यो दिन पनि चुनाव रोकिएको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij