काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै विहीबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँमा कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला २ लाख २० रुपैयाँमा कायम भएको थियो ।