टोखामा ट्रकबाट बरामद भएको २५ करोड रुपैयाँको मालिक भेटिए

टोखामा ट्रकबाट बरामद भएको २५ करोड रुपैयाँको मालिक भेटिए

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • टोखामा ट्रकबाट बरामद भएको २५ करोड रुपैयाँको मालिक भेटिए

    काठमाडौं । प्रहरीले गएको चैत ४ गते काठमाडौंकाे टोखा नगरपालिकाकाे झोरबाट ट्रकमा बरादम गरेको झन्डै २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक पहिचान गरेको छ ।

    त्यो रकम सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेलको रहेको खुलेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि पटक–पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल २५ करोडको मालिक भएको पुष्टि भएकाले उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij