राजावादीको आन्दोलनमा ५८ राउन्ड गोली चलाउँदा २० जना घाइते

राजावादीको आन्दोलनमा ५८ राउन्ड गोली चलाउँदा २० जना घाइते

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • राजावादीको आन्दोलनमा ५८ राउन्ड गोली चलाउँदा २० जना घाइते

     काठमाडौं । नेपाल प्रहरीले चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली लागेको पुष्टि गरेको छ । गोली लाग्नेहरूमा २ महिला र १८ पुरुष रहेको जनाएको हो । घाइतेमध्ये १३ जनाको अस्पतालमा उपचार भइरहेको छ।

    आन्दोलनका क्रममा कुल ५८ राउन्ड गोली प्रहार भएको जनाइएको छ । त्यस्तै ७४६ राउन्ड टियर ग्यास प्रहार गरिएको थियो भने १९२ पटक ब्ल्यांक फायर भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको थियो । 

    प्रदर्शनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट ५५ जना नेपाल प्रहरी र २३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । यस्तै ,५३ जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ ।

    तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अघि बढ्न खोजेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले शुक्रबार १२ बजेर ५० मिनेटमा पहिलो अश्रुग्यास प्रहार गरेको जनाइएको छ । 

    त्यसपछि दुर्गा प्रसाई नेतृत्वको भीड तीनकुनेबाट जबरजस्ती अघि बढेपछि प्रदर्शनकारी थप उत्तेजित भएको उनले बताए। प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट दुर्गा प्रसाई र रविन्द्र मिश्रले संसद भवन, सिंहदरबार र विमानस्थल कब्ज गर्न माइकिङ गर्दै निर्देशन दिएको र प्रदर्शनकारी तोडफोडमा उत्रिएको छ । 

    त्यसपछि दुर्गा प्रसाई नेतृत्वको भीड तीनकुनेबाट जबरजस्ती अघि बढेपछि प्रदर्शनकारी थप उत्तेजित भएको उनले बताए। प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट दुर्गा प्रसाई र रविन्द्र मिश्रले संसद भवन, सिंहदरबार र विमानस्थल कब्ज गर्न माइकिङ गर्दै निर्देशन दिएको र प्रदर्शनकारी तोडफोडमा उत्रिएको जनाइएको छ ।

    तीनकुनेमा तोडफोड र आगलागी भएको घरमा जान नसकेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको र दमकल जान खोज्दा ढुंगामुढासमेत भएको प्रहरीले जनाएको छ। उक्त घटनापछि फरार रहेका दुर्गा प्रसाईको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij